गृहमन्त्री थापा भन्छन हप्ता माग्ने गुण्डाको विवरण दिनुस्

0 273

Get real time updates directly on you device, subscribe now.

गृहमन्त्री रामबहादुर थापाले काम गर्दा दु:ख दिने तथा बसीबसी कमिसन खोज्ने टोले दादादेखि गुण्डाको बारेमा सूचना दिन व्यवसायीलाई आग्रह गरेका छन्।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले बुधबार गुणराजको अन्त्य गर्ने भन्दै उनीहरूको विवरण दिन आग्रह गरेका हुन्।

गृहमन्त्री थापाले विकास र समृद्धिको मुख्य बाधकको रूपमा रहेको भ्रष्टाचार र गुण्डागर्दीलाई अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको स्पष्ट पार्दै उद्योगहरूको समृद्धि र विकासका लागि सरकारले सुरक्षाको उचित व्यवस्था गर्ने प्रतिबद्धता जनाए।

गृहमन्त्री थापाले असुली धन्दामा प्रहरी समेतको संलग्नता हुने गरेको उल्लेख गर्दै त्यस्ता तत्वलाई पनि बाँकी नराख्ने चेतावनी दिए।

उनले सरकारले मुलुकको विकास र समृद्धिको मार्गमा बाधकको रूपमा रहेको ऐन, कानूनलाई परिमार्जन गर्दै लैजाने दाबी गरेका छन्।

Leave A Reply

Your email address will not be published.