आइजीपी र गृहमन्त्री थापाले निर्मला पन्तका बाबु-आमालाई के भने ?

0 122

Get real time updates directly on you device, subscribe now.

काठमाडौं : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका आमा-बाबुले शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेका छन्। थापाले निर्मलाका आमा-बाबुसँगको भेटमा सरकार हत्यामा संलग्नको नजिक-नजिक पुगेको बताएका छन्। उनले हत्यामा संलग्न भए जोकोहीलाई पनि सरकारले नछोड्ने आश्वासन दिएका छन्।

‘यो जघन्य अपराध हो। यो घटनाप्रति राष्ट्र नै चिन्तित छ। हामीले अपराधिलाई कठघरामा उभ्याउन सकेका छैनौँ। तर हामी अपराधिलाई कठघरामा ल्याउन सक्रिय छौँ’, गृहमन्त्री थापाले भने, ‘प्रहरीको टोलीले काम गर्न नसकेपछि हामीले उच्च स्तरीय छानबिन समिति बनाएर काम अगाडि बढाएका छौँ। जनताको आवाजलाईसमेत गृहमन्त्रालयले सम्बोधन गरिराखेको छ।’

निर्मलाका बाबु-आमा यज्ञराज पन्त र दुर्गादेवी पन्तले गृहमन्त्री थापालाई अपराधिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न ज्ञापनपत्रसमेत बुझाएका छन्। केही अधिकारकर्मीसहित गृह मन्त्रालय पुगेका यज्ञराज र दुर्गादेवीले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका हुन्।

गृहमन्त्री थापाले पन्तको हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताए।

गृहमन्त्री थापाले निर्मला पन्तका बाबु-आमालाई के भने ?

‘दोषीलाई कठघारमा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होलाजस्तो मलाई लाग्छ,’ गृहमन्त्री थापाले भने, ‘कञ्चनपुर घटनामा हामीले सुरुदेखिनै ध्यान दिएका हौ।

घटना लगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौं, त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौं, त्यसले पनि नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरिएकोछ। समिति बाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भइरहेको छ।’

घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिइने कुरासमेत थापाले प्रष्ट पारेका छन्।

दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्री थापाले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताए।

स्वर्गीय निर्मलाका आमा, बुवाले घटना भएको लामो समय बित्दासमेत दोषी पत्ता नलागेको, प्रहरीबाट बिगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटो भन्दा छिटो अपराधि पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए। अन्नपूर्ण पोस्टबाट 

Leave A Reply

Your email address will not be published.