रोनाल्डोको युभेन्टसमा डेब्यू गोल

0 28

Get real time updates directly on you device, subscribe now.

एजेन्सी, भदौ ३१, सिरी ए अन्तर्गत आइतबारको युभेन्टस र सासुलोबीचको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले डेब्यू गोल गरेका छन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफको ५० औं मिनेटमै रोनाल्डोको गोलमार्फत अग्रता बनायो ।

रोनाल्डोसहितको युभेन्टसको टोली सासुलोविरुद्ध केही आक्रमक देखिएको छ । युभेन्ट्सले घरेलु मैदान टुरिनमा रोनाल्डो पहिलो गोलको खोजीमा थिए ।

रोनाल्डोले इटालियन क्लब युभेन्ट्समा आएर तीन खेल खेल्दा पनि डेब्यु गोल गर्न सकेका थिएनन् । तर, आजको खेलमा उनले गोल गरेर युभेन्टसमा गोलको खाता खोलेका छन् ।

Leave A Reply

Your email address will not be published.