तेस्रो स्थानका लागि आज नेपाल र अफगानिस्तान भिड्दै ! जित्ला त आज ??

0 20

Get real time updates directly on you device, subscribe now.

बिसिसिआइको आयोजनामा क्वाड्रेङ्गुलर सिरिज खेल्न भारतको लखनउ पुगेको नेपाली अन्डर-१९ टिमले आफ्नो अन्तिम खेल तथा तेस्रो स्थानको प्लेअफको लागि आज अफगानिस्तान यु-१९ को सामना गर्दैछ ।

सिरिजमा ४ वटै टिम एक अर्कासङ्ग खेलेपछी भारत यु-१९ (ए) तिन खेलमा ३ जितका साथ अंक तालिकाको शिर्ष स्थानमा छ भने दुई जित र एक हारका साथ भारत यु-१९ (बि) अंक तालिकाको दोश्रो स्थानमा छ ।

यस्तै तीन खेलमा एक जितका साथ नेपाल यु-१९ तेस्रो स्थानमा छ भने अफगानिस्तान यु-१९ तीन हारका साथ अन्तिम स्थानमा छ ।

यसभन्दा पछिल्लो खेलमा अफगानिस्तानलाइ २० रनले पराजित गर्दै सिरिजको पहिलो जित दर्ता गरेको नेपालले भारत यु-१९ (बि) सङ्ग पहिल्प खेलमा ४० रनले पराजित भएको थियो भने दोश्रो खेलमा भारत यु-१९ (ए) सङ्ग ८ विकेटले पराजित भएको थियो ।

प्रतियोगिताको पहिलो र दोश्रो स्थानमा रहेका भारत यु-१९ ‘ए’ र भारत यु-१९ ‘बि’ फाइनल खेल्नेछन भने नेपाल यु-१९ र अफगानिस्तान यु-१९ तेस्रो स्थानका लागि खेल्नेछन।

Leave A Reply

Your email address will not be published.