असाधारण रोनाल्डोले मलाई उत्कृष्ट खेलाडी बनाए : ओजिल

0 19

Get real time updates directly on you device, subscribe now.

एजेन्सी । आर्सनलका स्टार मिडफिल्डर मेसुत ओजिलका अनुसार उनले पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो जस्तो व्यक्ति कहिल्यै नदेखेको बताएका छन् । साथै ओजिलले आफूलाई उत्कृष्ट फुटबलर बनाउने श्रेय पनि रियल मेड्रिडका पूर्व टिममेट रोनाल्डोलाई दिएका छन् ।

स्मरणीय छ कि रोनाल्डो र ओजिलले तीन बर्ष सान्टियागो बर्नबेयुमा सँगै खेलेका थिए र रियललाई ला लिगा तथा कोपा डेल रे को उपाधि समेत जिताएका थिए ।

त्यसबेला रोनाल्डोलाई खेलमा नियमित जसो एसिस्ट गर्ने स्रोत ओजिल नै थिए । यी दुई जोडीको अन्त्य सन् २०१३ मा ओजिल इङल्याण्ड आएपछि भएको थियो ।

ओजिल त्यसपछि आर्सनलमा आवद्ध भएका थिए । त्यतिबेला ओजिलले जर्मनीका लागि फिफा विश्वकपको उपाधि समेत जितेका थिए ।

उता रोनाल्डो भने हाल इटालियन सिरि ए मा युभेन्ट्सका लागि आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । ओजिलले अझै पनि रोनाल्डोलाई यस ग्रहको उत्कृष्ट खेलाडी मान्छन् । खेल दैनिकबाट 

Leave A Reply

Your email address will not be published.