तिन महिना नपुग्दै पटक–पटक गर्भ खस्ने समस्या छ, यस्तो छ डा. अनुपमा शर्माको बच्ने सुझाव

0 46

Get real time updates directly on you device, subscribe now.

डा. अनुपमा शर्मा
स्त्री रोग विशेषज्ञ
राप्ती उपक्षेत्रिय अस्पताल

गर्भधारण मानविय जीवनको नभै नहुने प्रकृया हो । गर्भाधान बिना जीवनको अस्तित्व नै छैन । हामी सबैको जन्म निश्चित गर्भाधानको प्रकृयाबाटै हुन्छ । तर, गर्भाधान प्रकृयामा धेरै चुनौतिहरु आउन सक्छन् । यहाँ चर्चा गरौं पटक पटक गर्भ रहेर खस्ने समस्याको वारेमा धेरै ।

अस्पतालमा आउने धेरै महिलाहरुले भन्ने गर्नुहुन्छ–‘गर्भ रहन्छ तर, तिन महिना अपुग्दै गर्भ खस्छ ।’ यस्ता समस्या लिएर दर्जनौ महिलाहरु परामर्शका लागि आउने गर्नुहुन्छ ।

आखिर किन गर्भ खस्छ त ? यसका विभिन्न कारणहरु हुन सक्छन् । हामीले गर्ने गतिविधि र कार्यशैलीले पनि त्यस्तो समस्या हुन सक्छ । कतिपयको दुर्घटना वा अन्य कुनै जोखिमयुक्त कामबाट पनि गर्भ खस्ने समस्या हुन्छ ।
केही महिलामा ‘फोलिक एसिड’ को कमीले तीन महिना भित्र गर्भ खस्ने समस्या हुन्छ ।

त्यसका लागि हामीले गर्भ राख्नुभन्दा एक महिना पहिले देखि नै फोलिक एसिड नामक औषधी गर्नुपर्छ । गर्भ रहेको तीन महिनासम्म यो नियमित खानुपर्छ ।

यो औषधिले बच्चा अपांग हुने समस्यालाई पनि न्यून गर्छ । केही बच्चाहरुको ढाडमा मासु पलाउने, टाउकोमा घाउ आउने तथा विभिन्न शारीरिक समस्या आउने हुन्छ । फोलिक एसिड नामक औषधि खाँदा यो समस्या न्यूनिकरण गर्न सकिन्छ ।

यसको मूल्य पनि धेरै छैन । एक सय २० रुपैयाँको औषधीले एक महिना पुग्छ । तर, यो औषधी खानुभन्दा पहिले स्वास्थ्यकर्मीसँग उचित परामर्श लिन भने भुल्नु हुँदैन ।

गर्भावस्थामा देखिन केही समस्याहरु
१– पिसाव पोल्ने
२– गर्भ खस्ने
३– साल तल भएर रगत बग्ने
४– बच्चा कम चल्ने
५– पानि बग्ने
६– महिना नपुग्दै बेथा लाग्ने
६– जन्मजात बच्चा अपांग हुने

ध्यान दिनु पर्ने कुराहरु

१– बच्चा जन्माउने सबैभन्दा उपयुक्त उमेर २५ देखि २९ वर्ष हो । (२० वर्ष नपुगेर बच्चा नजन्माउने)
२– जन्मान्तर कम्तिमा चार वर्ष राख्ने
३– व्यक्तिगत सरसफाई र दैनिक कार्यशैलीमा ध्यान दिने
४– पहिलो तीन महिनामा धेरै गह्रो काम र धेरै टाढाको यात्रा नगर्ने
५–प्रोटिनयुक्त र पोशिलो खानेकुराहरु (अण्डा, माछा, मासु) खाने
६– गर्भबतीले अनिवार्य ८ घण्टा आराम गर्ने । दिउसो करिव २ घण्टा पनि आराम गर्ने
७ प्रशस्त पानी र झोलयुक्त खाना खाने

(डा. शर्मा घोराहीको हस्पिटल रोड स्थित मध्यपश्चिम पोलिक्लिनिकमा पनि कार्यरत छिन्)

Leave A Reply

Your email address will not be published.