युएईका कप्तान रोहन मुस्ताफा पोखरा प्रीमियर लिग खेल्ने

0 17

Get real time updates directly on you device, subscribe now.

इनेपालय, असोज ४ l आगामी कार्तिक ९ गतेबाट पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) मा युएईका कप्तान रोहन मुस्ताफा बुटवल ब्लास्टरको लागि खेल्ने भएका छ्न ।

मुस्ताफाले आफ्नो अफिसियल ट्विटर ह्यान्डल द्वारा आफू पिपिएल खेल्ने घोषणा गरेका हुन । उनले पिपिएल खेल्ने मैदानको फोटो राख्दै ” म छिट्टै फेरि यो स्वर्ग जस्तो ठाउँमा हुनेछु ” भन्दै ट्विट गरेका थिए ।

मुस्ताफा यस अघि धनगढी प्रीमियर लिग खेलिसकेका छन भने यहि साल हुने इपिएलमा पनि काठमाडौ किंग्समा आबद्ध भैसकेका छन । मुस्ताफा धनगढी प्रीमियर लिगमा प्लेयर अफ द सिरिज भएका थिए । उनले ब्याटिङमा १९८ रन बनाएका थिए भने बलिङमा ९ विकेट लिए ।

युएईका कप्तान रहेका मुस्ताफा २७ ओडिआइ खेल्दै १ शतकको साथमा ६४२ रन बनाएका छन भने ४.७ को इकोनोमिमा २९ विकेट लिएका छन । यस्तै २३ टि-ट्वान्टी इन्टरनेसनल खेलमा ४०७ रन बनाउनुका साथै १८ विकेट पनि लिएका छ्न ।

Leave A Reply

Your email address will not be published.