रक्सी खाएर बढी यौन आनन्द आउँछ भन्ने मुर्ख हुन, भविष्यमा लिङ्ग उत्तेजना नहुने र सिघ्र स्खलन जस्ता समस्या हुन्छ

0 47

Get real time updates directly on you device, subscribe now.

रक्सी खाएर यौन सम्पर्क गर्दा बढी आनन्द आउछ भन्ने एक किसिमको भ्रम छ । तर यो एक भ्रम मात्र रहेको चिकित्सकहरुले बताएका छन् ।

यौन सम्पर्क गर्दा रक्सी सेवनले अस्थायी रुपमा सकारात्मक परिणाम देखाएजस्तो लागेपनि दीर्घकालमा यसले नकारात्मक परिणाम देखाउन थाल्ने हुँदा सकेसम्म रक्सी सेवन गरेर यौन सम्पर्क नगर्नु नै राम्रो मानिन्छ ।

रक्सी सेवनबाट केहीछिन दिमागमा  शक्ति पैदा गरेजस्तो लागेतापनि यसले पुरुष र महिलाबिच हुने भावनात्मक सम्बन्धमा भने कमि ल्याउछ । कसैले भने यौन सम्पर्क गर्नुअघि थोरै रक्सी सेवनले केही मात्रामा लाज हटाएर आफ्नो अगाडि भएको व्यक्तिसँग खुल्न सजिलो बनाउने र रोमान्टिक महशुस गर्न मद्दत गर्छ ।

जो पुरुष यौन सम्बन्धलाई लिएर नर्भस हुने गर्छन्, उनीहरुलाई यौन आनन्द लिन र शीघ्रस्खलन कम गर्न मद्दत गर्छ । तर, रक्सी नै यसको समाधान होइन ।

थोरै पनि मादक पदार्थ सेवनले अण्डकोषबाट उत्पादन हुने टेस्टोस्टेरोन हर्मोनमा कमी आउँछ । टेस्टोस्टेरोन हर्मोन यौन उत्तेजनाका लागि महत्वपूर्ण मानिन्छ ।

त्यसकारण रक्सी सेवनले पुरुषको यौन क्रियाकलापमा असर पार्छ । यौन सन्तुष्टि, यौन उत्तेजना, वीर्य स्खलन र चरम आनन्दमा पनि यसले कमी ल्याउँछ । यौन सम्पर्क गर्नुअघि रक्सी सेवनले विभिन्न जोखिम निम्त्याउने सम्भावना पनि हुन्छ ।

उनीहरु यौन सम्पर्क एक व्यवहार हो र जसलाई पूरा गर्नु कर्तव्य हो भन्ने ठान्छन । वास्तममा यौन सम्पर्क एक कला हो । यसमा पारंगत हुनका लागि व्यक्तिले भरपूर माया दिन र लिन जानेको हुनु पर्छ ।

यौन सम्पर्कलाई शरीरको क्रिया मात्र नठानी परस्पर आत्मियता बाढ्ने क्रिया ठान्न जरुरी हुन्छ । रक्सी सेवन गरेर यौन सम्पर्क गर्नेहरु यौन सम्पर्क मायाको उद्गार र आनन्दको स्रोत हो भन्ने कुरा बिर्सन्छन ।

रक्सीले व्यक्तिलाई तत्काल उत्तेजना ल्याउने काम बाहेक भावनात्मक काम गर्दैन । तर कहिलेकाही कामबाट थाकेको अवस्थामा, कामको तनाव भएको बेला वा रमाइलोका लागि थोरै रक्सीले यौन आनन्दमा कमि ल्याउँदैन ।

Leave A Reply

Your email address will not be published.