भारतविरुद्ध सुपर कपमा सहजादकाे सतक ! सन्दीपको अर्काे छलाङ, ३० हजार डलरमा भारतीय क्लबमा अनुबन्ध

0 42

Get real time updates directly on you device, subscribe now.

अफगानिस्तानका ओपनर ब्याटस्म्यान मोहम्मद सहजादले भारत विरुद्धको एकदिवसीय खेलमा सतक प्रहार गरेका छन् । एसिया कप अन्तर्गत सुपर फोरको पाँचौ खेलमा सहजादले विस्फोटक सतक प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । तर त्यसपछि सहजादले एकोहोरो रुपमा खेल्दा अर्को तिर लगातार विकेट झर्यो । जसमा उसले एक सय ३२ रन बनाउदा ५ विकेट गुमायो ।

तर ओपनर सहजाद क्रिजमा डटेर खेल्दै सतक बनाए । उनले ८८ बलमा सतक प्रहार गरे । तर एक खेलाडीले सतक बनाउदा टिमको स्कोर कम हुने सन् २००१ पछि अफगानिस्तान पहिलो टिम हो ।

उसले सन् २००५ मा पाकिस्तानले बनाएको एक सय १३१ रनको कम स्कोरको रेकर्ड बराबरी गर्‍याे । यो क्रममा सहजादले १० चौका र ७ छक्का प्रहार गरे ।

सन्दीपको अर्काे छलाङ, ३० हजार डलरमा भारतीय क्लबमा अनुबन्ध

काठमाडौं : पछिल्लो समय अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्काे सफलता प्राप्त गरेका छन् ।

सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने नयाँ ‘फर्‍म्याट’ को टी-१० लिगमा केलरा किङ्ससँग सोमबार अनुबन्ध भएका छन् । जुन आर्थिक पाटोबाट हेर्दा उनको क्रिकेट करियरकै अहिलेसम्मको ठूलो छलाङ पनि हो ।

सोमबार भएको खेलाडी अक्सनबाट केरला किङ्सले सन्दीपलाई ३० हजार अमेरिकी डलर (करिब ३४ लाख ९० हजार रुपैयाँ) मा अनुबन्ध गरेको हो ।

गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) मा छनोट भएर दिल्ली डेयर डेभिल्सबाट खेलेयता सन्दीप निरन्तर अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त भएका छन् ।

गत वर्ष सन्दीप आईपीएल अन्तरगत दिल्ली डेयर डेभिल्ससँग २० लाख रुपैयाँ (३२ लाख नेपाली रुपैयाँ) मा अनुबन्धित भएका थिए । त्यसपछि वेष्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा समेत छनोट भएका थिए । उनलाई सेन्ट् किट्स एन्ड नेभिस प्याट्रिवट्सले पाँच हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

आईपीएल र सीपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप सबैभन्दा बढी बिदेशी लिग खेल्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन् । उनी अघिल्लो साता मात्रै युएईमा हुने अफगानिस्तान प्रिमियर लिगका लागि छनोट भएका थिए । अफगानिस्तान प्रिमियर लिगमा उनलाई नान्गहर क्लबले १५ हजार डलरमा लिएको थियो ।

सन्दीपलाई आईसीसीसि एशोसियट राष्ट्र अन्तर्गत अनुबन्धन गरिएको थियो । इन्डियन प्रिमियर लिग खेलेर अन्तर्राष्ट्रिय उडान सुरू गरेका सन्दीप क्यारेबियन लिगमा समेत छाएका थिए। यसअघि हङकङ र क्यानडामासमेत लिग क्रिकेट खेलेका सन्दीप सबैभन्दा बढी विदेशी लिग खेल्ने नेपाली खेलाडी पनि बनेका छन् ।

Leave A Reply

Your email address will not be published.