धरानतर्फ आउदै गरेको महिन्द्रा पिकअप दुर्घटना , दुई जनाको घट्नास्थलमै मृत्यु

0 73

Get real time updates directly on you device, subscribe now.

धरान / धनकुटाको सागुरीगढीबाट धरानतर्फ आउदै गरेको महिन्द्र पिकअप भेन दुर्घटना हुदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

दुर्घटनामा परी सागुरीगढी १० की ६१ बर्षीया देवीमाया सुनुवारर सोही स्थानकी ३१ बर्षीया सुककुमारी राईको घट्ना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी घाइते ९ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा सागुरीगढी १० की ३६ बर्षिया पञ्चमाया राई, उनका छोरा १४ बर्षिय सन्दिप राई,१२ बर्षिय युवक जंग राई र ११ बर्षिया छोरी युनिषा राई रहेका छन् ।

यसैगरी सागुरीगढी १० आहालेका २८ बर्षिय काशीराम राई, सोहीका १४ वर्षीया सनम राई, ३६ बर्षिया चन्द्रमाया राई,१२ बर्षिया लक्ष्मण राई, चन्द्रकला राई लगायत रहेका छन् । उनीहरुको अवस्था खतरामुक्त भएको जनाइएको छ । दुर्घटना पछि पिकअप भ्यान चालकलाई भने धनकुटा प्रहरीले नियन्त्रणमा लिइएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.