कतारको एक प्रतिष्ठित कम्पनीद्वारा दुई नेपाली दाजुभाईलाई नगद इनाम

0 297

Get real time updates directly on you device, subscribe now.

शिवराज गौतम

दोहा–कतार, असोज १६ । आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोकका सहोदर दाजुभाई छट्टबहादुर श्रेष्ठ र सोमबहादुर श्रेष्ठले जनही १५ हजार रियाल इनाम पाएका छन् ।

इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन् । सन् २००८ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका श्रेष्ठ दाजुभाइमध्ये छट्टबहादुर कार्पेन्टर, मेसन, स्काफोल्डर, स्टिल फिक्स्चर लगायतको काममा दक्षता हासिल गरी सक्षम ट्रेड वर्कर भइसकेका छन् ।

नेपालमा एउटा गार्मेन्ट कम्पनीमा काम गरिरहेका दुई छोरा र चार छोरीका बाबु छट्टबहादुर आफनो आर्थिक अवस्थामा सुधार नभएपछि उनी अल नासर कम्पनीमा आएका हुन् । यस कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका छट्टबहादुरले कम्पनीको मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफु पराई भूमिमा भएजस्तो पनि नलागेको बताए ।

यस कम्पनीमा आएपछि आफनो आर्थिक अवस्था समेत सुधार भएको र सम्पुर्ण सिप पनि जानेको बताउदै छटट बहादुरले आफुले प्राप्त गरेको इनाम रकम २०७२ को भुकम्पले भत्काएको घर मर्मतसम्भारमा खर्च गर्ने बताए । छटट बहादुरका विवाहित एउटा छोरा नेपालमै जागिर खादैछन् भने कान्छो छोरो गाउकै राम्रो विद्यालयमा अध्ययन गरिरहेकाछन् । उनले आफना सवै छोरीको पनि विवाह गरिदिइसकेका छन् ।

अर्काे १५ हजार रियाल इनाम पाउने भाग्यमानी छट्टबहादुरका भाई सोमबहादुर पनि हेल्परमै सोही कम्पनीमा आएका हुन् अहिले सोमबहादुर स्काफोल्डीङका टिम लिडर भइसकेका छन् । सोमबहादुरले नजानेको काम केही पनि छैन उनी सबै काममा दख्खल भइसकेका छन् ।

अल नासर इन्तरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइसकेका छन ।

सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना दुई बालवच्चाको पढाई साथै श्रीमतीको लागि खर्च–पानी जुटाएको मात्र होइन गाउँमै नया घरजग्गा समेत जोडी सकेका छन् ।

कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको सोमबहादुरले बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । यो रकम आफनो लागि ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराहरुको पढाइमा खर्च गर्ने उनले बताए ।

नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुलाई पुर्ण विश्वास लागेको दुवै दाजुभाईले भनाई थियो ।

कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेकाछन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै यस्तै पुरस्का, इनामहरुबाट लाभान्वित भइकाछन् ।

कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सवै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेका छन् । उनले २०७२ को आम विनाशकारी महाभूकम्पले भत्काएको आफना नेपाली कामदारहरुको घर बनाउन डेढ करोड रुपैयाँभन्दा बढी रकम समेत कम्पनीका मालिकले सहयोग दिएका थिए ।

Leave A Reply

Your email address will not be published.