समाचार

रमेश चौधरीको शपथपछि राजेन्द्र महतोले भने, बल्ल ‘लोकतन्त्र र जनमतको सम्मान’ भयो

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई शपथ खुवाउनु लोकतन्त्र र जनमतको सम्मान भएको प्रतिक्रिया दिएका छन् ।

टीकापुर घटनाका मुख्य दोषी चौधरीलाई संसद् सचिवालयमा बिहीबार सभामुख कृष्णबहादुर महराले शपथ खुवाइसकेपछि महतोले सञ्चारकर्मीसँग सो प्रतिक्रिया दिएका हुन्।

महतोले चौधरीको शपथपछि पनि आफूहरु सरकारमा भने सहभागी नहुने प्रस्ट्याए। उनले संविधान संशोधन, अन्य थुनामा रहेका नेता, कार्यकर्ताहरुको रिहाई नभएसम्म सरकारलाई दबाब दिइरहने बताए।

महतोले भने, ‘संविधान संशोधन बाँकी छ। थुनामा रहेका साथीहरुको मुद्दा टुंगिएको छैन। दबाब जारी रहन्छ। सरकारमा जाने कुरै छैन।’

राजपाले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शपथ गराउनुपर्ने लगायत माग उठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *