समाचार

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

बेलबारी । आर्थिक अभावका कारण उपचार गर्न नसक्दा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ मा एकै परिवारका दिदीभाईको आँखाको ज्योति गुम्ने खतरा बढेको छ भने उनीहरु दिनप्रतिदिन शिथिल समेत बन्दै गएका छन ।

स्थानीय नलबहादुर धिमालका २२ बर्षिया छोरी आस्मा धिमाल र ८ बर्षका छोरा अमित धिमाल सकुशल जन्मिएपनि केही महिना पछि देखि जिउमा सेतो दुबी देखापरेको र उपचार गराउन नसक्दा यतिबेला सो दुबी शरिरभरी फैलिएको र घाउ समेत हुन थालेपछि उनीहरुले आँखाको ज्योति समेत गुमाउँदै गएका छन ।

आस्मा जन्मिएको ६ महिना र अमित जन्मिएको ३ महिनापछि उनीहरुको शरिरमा सेतो दुवी आएको बाबु नलबहादुर बताउँछन ।

आर्थिक अभावकै कारण उपचार गर्न सम्भव नभएको र उनीहरुलाई राम्रो हस्पिटलमा लैजान नसकेको उनले दुखेसो पोखे । ५ जना छोराछोरमिध्ये ३ जना सकुशल छन भने २ जनामा यस्तो समस्या देखिएको उनले बताए ।

अरुको जमिनमा खेती गरेर परिवार पाल्दै आएका धिमाल दुबै छोरीछोरीको आँखा समेत बन्द हुादै गएपछि थप चिन्तामा परेका छन । उनले उपचारका लागी सहयोगी मनहरुसँग आग्रह समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *