देश

भ्रष्टाचाहरुमाथि कारबाही थालनी: वाईडबडीमा भ्रष्टाचार गरेको भन्दै सुगतरत्न कंशाकारको अनुहारमा दलियो कालोमोसो

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचाहरुमाथि कारबाही थालेको छ ।

लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई कार्यकक्षभित्रै करिब ४ बजे दिउँसो कालोमसो दलेको लिगले जनाएको छ ।

भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुख्य भूमिका निभाएका भनिएका कंसकारलाई क्रान्तिकारी युवा लिगले कारबाही गरेको छ । लिगले अन्य भ्रष्टाचारीहरु पनि कारबाहीको लिस्टमा रहेको जनाएको छ ।

संसदीय लेखा समितिले गठन गरेको उपसमितिले कंसाकार सहित बहालवाला मन्त्री रविन्द्र अधिकारी, गृहसचिव प्रेम राई, पर्यटन सचिव कृष्ण प्रसाद देवकोटालाई कारबाही सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *