समाचार

नेपालको संसदीय इतिहासकै पहिलो घटना, कारागारमा बसेकालाई सांसदको लोगो

काठमाडौं–कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित रेशम चौधरीले सांसद पदको सपथ लिएका छन् । विहीबार सिंहदरबारस्थित संसद सचिवालयमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले चौधरीलाई सांसद पदको सपथ खुवाएका हुन् । सांसद चौधरीले थारु भाषामा सपथ लिएका थिए । सपथ ग्रहण पछि महासचिव मनोहरप्रसाद भट्टराईले सांसद चौधरीलाई सांसद पदको लोगो दिएका थिए […]

समाचार

टीकापुरमा मारिएका श्रीमानको याद आँखा रसाउछ ! छोराले बुबाको आवश्यकता पर्ने बेला बुबा भन्न पाएनन्

टीकापुर थरूहट आन्दोनका क्रममा मृत्यु हुने सात प्रहरी अधिकारीमध्ये एक थिए, प्रहरी निरीक्षक केशव बोहरा। मृतक केशव बोहराका दुई छोरा र श्रीमती शारदा बोहरा हाल काठमाडौं वनस्थलीस्थित आफ्नै घरमा बस्दै आएका छन्। चौधरीको शपथ ग्रहणपछि हा मी उनलाई भेट्न उनकै निवास वनस्थली पुगेका थियौँ। गोरो वर्ण, मिलेका दाँत। भर्खर ३९ वर्ष पुग्दै गरेकी शारदाको मुहार […]

समाचार

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

बेलबारी । आर्थिक अभावका कारण उपचार गर्न नसक्दा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ मा एकै परिवारका दिदीभाईको आँखाको ज्योति गुम्ने खतरा बढेको छ भने उनीहरु दिनप्रतिदिन शिथिल समेत बन्दै गएका छन । स्थानीय नलबहादुर धिमालका २२ बर्षिया छोरी आस्मा धिमाल र ८ बर्षका छोरा अमित धिमाल सकुशल जन्मिएपनि केही महिना पछि देखि जिउमा सेतो […]

देश

भ्रष्टाचाहरुमाथि कारबाही थालनी: वाईडबडीमा भ्रष्टाचार गरेको भन्दै सुगतरत्न कंशाकारको अनुहारमा दलियो कालोमोसो

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचाहरुमाथि कारबाही थालेको छ । लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई कार्यकक्षभित्रै करिब ४ बजे दिउँसो कालोमसो दलेको लिगले जनाएको छ । भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा […]

अनतराष्ट्रिय

सर्वसाधारणसँगै गाडी चढेर वडा कार्यालयमा पुगे पोर्चुगलका प्रधानमन्त्री

काठमाडौं : पोर्चुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ता सर्वसाधारणसँगै स्थानीय रुटको गाडी चढेर वडा कार्यालयमा गएका छन्। प्रधानमन्त्री एन्तोनियो बिहीबार बिहानै राजधानी लिस्बनको ७४६ रुटको सार्वजनिक बसको यात्रामा भेटिएका हुन्। बिहीबार बिहानको ७४६ रुटको बसमा प्रधानमन्त्री कोस्तालाई देखेर सर्वसाधारण खुशी भएका थिए। प्रधानमन्त्री कोस्ता श्रीमतीका साथमा सार्वजनिक बस चढेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । उनी […]

समाचार

यसरि हेलिकप्टरले जोगाए सुत्केरीको ज्यान, सरकारले गर्नुपर्ने काम यी युवकले गरेर देखाएपछि

सोलुखुम्बु – सोलुखुम्बु सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नम्बर ३ कि डोमा राईको बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको हो । लामो समयदेखि प्रसव बेथा लागेकी राईलाई घरआगन नामक संस्थाले हेलिकप्टरबाट काठमाडौं लगेको छ । डोमाले शिक्षण अस्पताल महाराजगञ्जमा अप्रेशन गरी छोरालाई जन्म दिनुभएको छिमेकी एवम् युवा संघ नेपालका केन्द्रीय […]

मनोरञ्जन

आफ्नै श्रीमान्ले बन्धक बनाएको हल्ला चलेपछि प्रहरीद्वारा माझीबारे चासो

स्याङ्जा — केही दिनअघि उनका ५८ वर्षीय बाबु ताराबहादुरले छोरी विष्णुसँग सम्पर्क नभएको ११ वर्ष भएको बताए । यो अवधिमा छोरीको बोली सुन्न र अनुहार हेर्न नपाएको सुनाए । कलाकारिताको क्षेत्रमा मुलुककै पहिलो स्थानमा पहिचान बनाउन सफल स्याङ्जाकी विष्णु माझी लोक तथा दोहोरी गीत गायिका हुन् । चापाकोट नगरपालिका ८ खोरियाघाटमा जन्मिएकी माझीले स्वर दिएका प्रत्येक गीतले चर्चा […]

अनतराष्ट्रिय

रूसको ग्यास विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या बिहीबार ३७ पुगेको हो । नयाँ बर्षको अवसरमा आयोजित रमाइलो कार्यक्रम गरिरहेका बेला अपार्टमेन्टको एक भागमा ग्यास विस्फोटन भएपनि सँगसँगै अरु धेरै परिवार रहेकाले उनीहरुलाई पनि असर परेको […]

समाचार

सरकारले गर्यो थप १३ दिन सार्वजनिक बिदा दिने पुनरावलोकन

सरकारले सार्वजनिक बिदा पुनरावलोकन गरेको छ। सरकारले १३ दिन थप बिदा दिने प्रस्ताव गरेको हो।गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको हो। २०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत राख्दै […]

समाचार

रमेश चौधरीको शपथपछि राजेन्द्र महतोले भने, बल्ल ‘लोकतन्त्र र जनमतको सम्मान’ भयो

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई शपथ खुवाउनु लोकतन्त्र र जनमतको सम्मान भएको प्रतिक्रिया दिएका छन् । टीकापुर घटनाका मुख्य दोषी चौधरीलाई संसद् सचिवालयमा बिहीबार सभामुख कृष्णबहादुर महराले शपथ खुवाइसकेपछि महतोले सञ्चारकर्मीसँग सो प्रतिक्रिया दिएका हुन्। महतोले चौधरीको शपथपछि पनि आफूहरु सरकारमा भने सहभागी नहुने प्रस्ट्याए। उनले संविधान […]